भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाश पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
१ लाख रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको टोलीले पोखरेललाई पक्राउ गरेको हो ।
मोही मुद्दा लडिरहेका सँग घुस लिएको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए ।