गौचनलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री देउवा पुगे महासंघ कार्यालय


नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको अन्त्येष्टि आज साँझ पशुपति आर्यघाटमा हुने भएको छ।

बिहान १० बजेदेखि १२ बजेसम्म महासंघको अनामनगरस्थित कार्यालयमा गौचनको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, वनमन्त्री विक्रम पाण्डे, विभिन्न राजनीतिक दलका नेताहरू, प्रतिष्ठित उद्योगी व्यापारी लगायतका सयौंले गौचनलाई महासंघ कार्यालयमा आएर श्रद्धाञ्जलि दिए।

प्रधानमन्त्री देउवाले गौचनको शवमा राष्ट्रिय झण्डा समेत अोढाए। गौचनको शव अहिले बालाजुमा रहेको थकाली समाजमा राखिएको छ । साँझ ४ बजेपछि पशुपति आर्यघाट लगेर उनको अन्तेष्टि गरिने छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.