बन रक्षक ३० हजार घुससहित पक्राउ


इलाका बन कार्यालयका बन रक्षक सिताराम थारु ३० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय कोहलपुरले उनलाई पक्राउ गरेको एसपी इश्वर कार्कीले जानकारी दिए। काठको छुट पुर्जीमा म्याद थप गरि दिएको भन्दै उनले ३० हजार माग गरेका थिए ।

उनले सेवाग्राहीबाट रकम लिन थालेको जानकारी पाएपछि अख्तियारले अप्रेसन चलाएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.