सुनचाँदी व्यवसायीको गोली हानी हत्या


सर्लाहीमा गएराती एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।

गएराती ८ बजे कविलासी नगरपालिका–२ पिपरियाका सुनिल कुमार साहको गोली हानी हत्या भएको छ।

पिडारी बजारमा रहेको आफ्नो सुन पसल बन्द गरेर घर फर्कदा पिडारी बजार र पिपरिया गाउँबीच पोखरी छेउमा उनीमाथी गोली प्रहार भएको हो ।

बाटो ढुकेर बसेको समूहले मोटरसाईकल आएका सुनिललाई रोकी गोली हानेका हुन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.