गौचनमाथि गोली हान्नेको पहिचान भइसक्यो – एसएसपी धानुक


काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रबिन्द्र धानुकले निमार्ण व्यवसायी शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने समूहको पहिचान भइसकेको दाबी गरेका छन्।

सेतोपाटीसँग कुरा गर्दै उनले गौचनमाथि गोली हान्ने समूहको पहिचान भइसकेको बताए। अनुसन्धान जारी रहेकाले गोली हान्ने समूहको नाम सार्वजनिक तत्काल नगर्ने उनले बताए।

‘हामीले अनुसन्धान सुरु गरिसकेका छौं, प्रहरी परिचालन गरिसकेका छौं,’ उनले भने, ‘अब आपराधिक समूहको जडा उखेल्ने गरी कारबाही थाल्छौं ।’

उनले गोली हान्ने समूह पहिचान भइसकेको बताएपछि प्रहरी स्रोतका अनुसार गौचन हत्याको जिम्मा मनोज पुन समूहले लिएको छ ।

अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडौं प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकलाई फोन गरेर गौचनमाथि आफूहरुले गोली हानेको दाबी गरेका छन् ।

मनोज पुन समूहले गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.