निर्माण व्यवसायी संघका अध्यक्षमाथि शान्तिनगरमा गोली प्रहार


सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

अपरान्ह साढे दुई बजेतिर गौतममाथि गोली प्रहार भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।

पेटमा दुई राउन्ड गोली लागेर घाइते भएका गौचनको नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.