नेपाल चिकित्सक संघको ध्यानाकर्षण


शनिबार महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा भएको घटनामा नेपाल चिकित्सक संघले ध्यानाकर्षण गराएको छ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबारे ध्यानाकर्षण गराएको हो।

‘आइसीयू/सीसीयूमा रहेका बिरामीको बारेमा चिकित्सकहरूले उपचारको क्रममा अपनाइएका अथक प्रयास र विरामीको वास्तविक अवस्था सम्बन्धमा विरामीका आफन्तहरूलाई जानकारी गराउने क्रममा विरामीका आफन्तहरूबाट डा. मण्डल लगायतका चिकित्सकहरूमाथि हातपात गर्ने, अपशब्दहरू प्रयोग गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापको नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ।’  प्रेस विज्ञप्तिमा भनिएको छ‘ चिकित्सकमाथी नै हातपात गर्ने, गाली गलौज गर्ने, स्वास्थ्य संस्था तोडफोडमा उत्रने अपराधिक मानसिकता बोकेका व्यक्तिहरुलाई अभिलम्ब ‘जेल विदआउट बेल’ को प्रावधान अनुसार कानूनी कारवाहीमा ल्याउन नेपाल सरकार समक्ष यस संघ जोडदार माग गर्दछ।’

शनिबार राति महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा सुत्केरी गराउन ल्याएकी महिलाको शिशुको मृत्यु भएको थियो। मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका आफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका थिए।

यो पनि हेर्नुहोस्

चिकित्सकमाथि हातपातपछि अस्पतालको सेवा प्रभावित

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.