डा.केसीको स्वास्थ्यमा समस्या आएपछि मेडिकल टिम गठन

फाइल तस्बिर।


चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १३ औं अनसन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ।

उनको स्वास्थमा समस्या देख्न थालेकोले त्रिवि शिक्षण अस्पतालले मेडिकल टिम गठन गरेको छ।

डा प्रदीपकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा डा दिव्या सिंह शाह, डा सुभाष आचार्य, डा जेन्टल सुन्दर श्रेष्ठ, नर्सिङ उपनियन्त्रक तारा कार्की, डा सुमन बराल र डा सन्तोष क्षेत्री सदस्य छन्।

चिकित्सा शास्त्र अध्ययन संस्थानकी निमित्त डिन डा मधु देवकोटाको अध्यक्षतामा बसेको विभागिय प्रमुखको बैठकले मेडिकल टिम गठन गरेको हो।

माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका चार बुँदे माग राखेर डाक्टर केसी गत बिहिबारदेखि १३ औं अनसनमा बसेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.