पूर्वकुमारीको स्कुलमा पहिलो दिन (फोटोफिचर)


पूर्वकुमारी मतिना शाक्य सोमबार बिहान साढे नौ बजे सेतो सर्ट र हरियो स्कर्टमा टाई भिरिन्। अनि दिदी र बुवाको हात समाउँदै भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमा गइन्। १२ वर्षकी मतिनाको सोमबार स्कुलमा पहिलो दिन हो।

घरबाट सामान्य अवस्थामा स्कुल हिँडेकी मतिना स्कुलमा पुगेपछि भने अलि नर्भस देखिइन्।

पूर्वजीवित देवीको स्वागत गर्न स्कुल परिवारको भीड लागेको थियो। स्कुलका शिक्षक र विद्यार्थीले लाइनमा उभिएर मतिनालाई स्वागत गरेका थिए।

‘पहिलो दिन भएकाले उनलाई सामान्य स्वागत गर्छौं, कक्षाका साथीसँग परिचय गराउँछौं’, ग्रिनपिस स्कुलका प्रिन्सिपलले भने। मतिना कुमारी हुँदा पनि ग्रिनपिसले नै उनलाई पढाउने शिक्षक पठाउने गरेको थियो।

पहिलो दिन स्कुल जान लागेकी भए पनि शाक्य अरु बालिकाझैँ नर्सरी कक्षामा बस्ने छैनन्। कुमारी हुँदा नै पढेकी उनी कक्षा सातमा भर्ना भएकी छन्।

जीवित देवी कुमारीका रूपमा रहेकी मतिना गत बिहिबार (महाअष्टमी) देखि विधिवत् पूर्वकुमारी बनेकी हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.