तस्बिरमा हेरौं हाँडीगाउँको जात्रा

सत्यनारायणको रथ हाँडीगाउँको विभिन्न ठाउँमा घुमाउँदै स्थानीय बासिन्दा । यो जात्रालाई ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ पनि भन्ने गरिन्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी


‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो ।

यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा हुने गर्दछ। परापूर्वकालमा काठमाडौ हाँडीगाउँका राजपरिवारका दिदीबहिनीबीच प्रसुतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले नमानी आफ्नै बल शक्तिले बच्चा जन्माउन सकिन्छ, ईश्वर (नारायण) को शक्ति आवश्यक छैन भन्ने धारणा राखिन् ।

बहिनीको अहम् भावले १२ वर्षसम्म पनि बच्चा नजन्मेर साह्रै कष्ट भोग्न परेको हुँदा ज्योतिषीलाई देखाउँदा नारायणलाई हेला गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेको कारण नारायण रिसाएर हिमालमा गएर बसेको हुँदा कही नभएको तरिकाले जात्रा गरी फकाएर ल्याए मात्रै बच्चा जन्मिन्छ भनेको हुँदा यो जात्रा चलाएको भन्ने किवंदन्ती छ ।

यो जात्रामा तीन वटा रथ हुन्छन्, गजुर मुनि र रथ माथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ । अरू जात्रा गर्ने रथमा माथि गजुर हुन्छ।  त्यसैले यो जात्रा ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेर प्रख्यात भएको हो ।

तस्बिरहरू:नारायण महर्जन /सेतोपाटी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.