२०१७ को नोबेल शान्ति पुरस्कार आइक्यानलाई


यस वर्षको नोबेल शान्ति पुरस्कार इन्टरनेसनल क्याम्पियन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान)लाई प्रदान गरिने भएको छ।

नोबेल पुरस्कार समितिले शुक्रबार जेनेभास्थित आइक्यानलाई उसले आणविक हतियारको प्रयोगले निम्त्याउन सक्ने नरसंहारबारे जगाएको सचेतनाका लागि पुरस्कार दिइएको बताएको छ।

आइक्यान संसारभरिका १०० भन्दा बढी देशका गैरसरकारी संस्थाको संयोजनकारी संस्था हो। यसले आणविक हतियारको प्रयोगमा रोक लगाउनु पर्ने आवाज उठाउँदै आएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.