चार बुँदे माग राखेर डा. केसी १३ औं अनसनमा

तस्बिर: नारायण महर्जन/सेताेपाटी


त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसी बिहीबारदेखि १३ औं अनसन थालेका छन्। त्रिवि शिक्षण अस्पतालमा साँझ पत्रकार सम्मेलन गरेर डाक्टर केसीले अाफ्ना ४ बुँदे माग पनि सार्वजनिक गर्दै अनसन सुरु गरेका हुन्।

उनले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेकाले डा. केसी अनसनमा बसेका हुन्। गत असोज ९ गते सुरू गरेको १२ ‌औं अनसन दसैंका कारण ११ गते नै स्थगित गरेका डा. केसीले १९ बाट पुनः बस्ने बताएका थिए।

अनसन स्थगित गरेपछि १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न उनले असोज १९ गतेसम्मको अल्टिमेटम दिएका थिए।

यस्तो छ डाक्टर केसीको विज्ञप्ति:

तस्बिरहरू: नारायण महर्जन/सेताेपाटी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.