भक्तपुर मालपोत नजिकै आगलागी,करीब चार लाखको क्षति

भक्तपुर मालपोत नजिकै आगलागी,करीब चार लाखको क्षति


भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा  तीन लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

आगलागीबाट रेदिहाङ खाजा पसलमा रहेको पाँच थान ग्यास सिलिण्डर, एक थान फ्रिज, भाँडा वर्तन, बा८५प ४२३८ नंको मोटरसाइकल दुई वटा पानीट्याङ्की जलेर क्षति पुगेको छ । नेपाल प्रहरी, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.