पहिरोले कोल्टीको विद्युत् अवरुद्ध

पहिरोले कोल्टीको विद्युत् अवरुद्ध


बाजुराको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–३ कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत् आयोजना आज बिहानबाट अवरुद्ध भएको छ ।

विद्युतको नहरमा पहिरो आएपछि विद्युत् अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । विद्युत् अवरुद्ध हुँदा नगरपालिकाका–१, २, ३ र ५ वडाका स्थानीयवासीले अँध्यारोमा बस्नुपर्ने भएको छ । पहिरो नरोकिएपछि नहर मर्मत गर्न कठिनाइ भएको स्थानीयवासी धनबहादुर बोहराले बताए।

विद्युतको नहरमा आएको पहिरो रोकिएपछि विद्युत् सञ्चालन गर्न पहल गर्ने नगरप्रमुख पदमकुमार गिरीले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.