खोल्सामा डुबेर एकको मृत्यु


मोरङमा खोल्सामा डुबेर बुधबार बेलुकी एकजनाको मृत्यु भएको छ ।

पथरी–शनिश्चरे–७ को लामाटोली बस्ने ६२ वर्षीय नरबहादुर विश्वकर्माको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घर नजिकमा रहेको गुहेहोली भन्ने खोल्सामा उनी डुबेको अवस्थामा मृत भेटिएका थिए ।

घटनास्थलमा पुगेको प्रहरीले शव परीक्षणका लागि पठाएको र थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.