सिद्धबाबामा सडक अवरुद्ध ,ढुंगा खस्दा दुई घाइते

सिद्धबाबामा सडक अवरुद्ध ,ढुंगा खस्दा दुई घाइते


सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित आज पहिरो खस्दा दुईजना घाइते भएका छन् ।

घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई ढुंगा खस्दा घाइते भएका हुन ।

दशँैदेखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाकोबीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक÷पटक सडक अवरुद्ध बनेको छ ।

आज पनि सडक मर्मत गर्ने भनिए पनि पहिरोले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । १० देखि २ बजेसम्म सडक मर्मत गर्ने भनेर यातायात सञ्चालनमा रोक लगाए पनि पहिरो खसेपछि सो काम रोकिएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.