लस भेगस गोलीकाण्ड: कम्तीमा २० को मृत्यु


अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा मृत्यु हुनेको सङ्ख्या  २० पुगेको छ  भने १ सय भन्दा बढी घाइते भएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अाइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्ति एक स्थानीय रहेपनि उसको नाम भने  खुलिएको छैन । उक्त बन्दुकधारीलाई प्रहरीले गोली हानेर मारिदिएका छन्।

बन्दुकधारीले म्याण्डले बे होटल तथा क्यासिनोको ३२औं तलाबाट गोली चलाएको बताइएको छ। घटनाको अनुसन्धान भइरहैको प्रहरीले बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.