सप्तरीको तिलाठीमा भारतीय अतिक्रमणको तिब्र विरोधमा उत्रिएका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
भारतको कुनौली बजारबाट उनलाई भारतीय प्रहरीले पक्राउ गरेको उनको परिवारजनले बताएका छन् । भारतीय प्रहरीले उनको छोरालाई पक्राउ गरेको र छुटाउन गएका बेला उनलाई पनि नियन्यणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनलाइ पक्राउ गर्नुपर्ने कारणबारे भारतीय प्रहरीले खुलाएको छैन् ।
यादवलाई कुनौलीबाट पक्राउ गरेर वीरपुर भन्ने स्थानमा लगिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताएका छन् ।
उनलाई छुटाउन कुटनीतिक पहल भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । १४ महिनाअघि नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बाँध्न खोज्दा यादवसहितकाले बाँध बाध्न दिएको थिएन्। उनी त्यस बेला घाइतेसमेत भएका थिए।
भारतीय प्रहरीको नियन्त्रणमा रहेका देवनारायण यादवलाई अपहरणको मुद्दा
यादवलाई पक्राउ गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई उनलाई छुटाउन आवश्यक पहल थाल्न निर्देशन दिएका छन् ।
दाहालले गृह मन्त्री शर्मासँग कुरा गरे लगत्तै गृह मन्त्रीले यादवलाई छुटाउने पहल थालेका छन् । उनले सप्तरी जिल्लाका एसपी र सिडिओलाई फोन गरेर उनलाई छुटाउन प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।
भारतीय पक्षले खाँडो नदीको मुहान थुन्ने गी दशगजा मिचेर बाँध बनाउन लाग्दा यादवले बाँध बाध्न दिएका थिएनन् अविरल वर्षाको कारण खाँडो खोलामा आएको बाढीले उक्त बाँध कटान गरी भारत सुपौल जिल्लाको कुनौली बजारमा पानी प्रवेश गरी सयौ विघा खेती योग्य जग्गामा बालुवाले पुर्ने गरेको छ ।