दाङमा एक व्यक्ति मृत फेला


दाङको रामपुरमा आज एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए।

अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.