चाडपर्वको मुखमा हात्तीको त्रास


 

यहाँका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् ।

मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।

भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ र २ मा हात्तीले स्थानीयवासीको अन्नबाली खानुका साथै घरसमेत भत्काइदिएको छ । रातको समयमा आहारा खोजीमा निस्किएर हात्तीले क्षति पु¥याउने गरेको स्थानीयवासी खड्गबहादुर कार्कीले बताए।

“बिहान ३ बजे गाउँमा आएको हात्तीले मेरो घर भत्काइदियो”, पीडित कार्कीले भने,“घरभित्र तीनवर्षे नानी थियो, धन्न केही भएन ।” केही दिनअघि हात्तीले अरुण शेर्पा, श्रीप्रसाद प्रधान, सलबहादुर भट्टराई, मिश्र माइला, रुद्र श्रेष्ठ र सूर्यबहादुर तामाङको खेतमा लगाइएको धान नष्ट गरेको छ ।

त्यस्तै, हात्तीले हुमलाल अधिकारीको सिमल तरुल खाइदिएको छ भने मोक्क्ष निरौलाको धानको भकारीबाट धान नष्ट गरेको छ । दिनहुँजसो हात्ती निस्किन थालेपछि स्थानीयवासी त्रसित बनेको छन् । हात्ती धपाउन स्थानीयवासीले रात्रि गस्तीसमेत गर्दै आइरहेको स्थानीयवासी सूर्य तामाङले बताए।

जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जिल्लाको पृथ्वीनगर, चारआली, बाहुनडाँगी लगायतका जंगलमा रहेका १२÷१३ वटा रैथाने हात्तीले क्षति पु¥याउँदै आएको बताए। उनले जंगली हात्ती नियन्त्रणका लागि बजेटसमेत आएको बताउँदै नियन्त्रणका लागि विद्युतीय तारबार र हात्तीको जैविक मार्ग निर्माण गर्न लागिएको जानकारी दिए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.