गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान भएको छ।
काठमाडौं ३२ पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी रामेश्वर गौतम घाइते भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले सेतोपाटीलाई जानकारी दिए।
शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहकाले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै २ राउण्ड गोली चलाएपछि दोहोरो फाइरिङ भएको काठमाडौंका एसएसपी दिवेश लोहनीले बताए।
प्रहरीले २ राउण्ड गोली चलाउँदा गौतमको दाहिने घुडाँमुनी गोली लागेको छ। घाइतेको अहिल वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।