रामेछापबाट काठमाडौं आउँदै गरेको बस पल्टिँदा तीनको मृत्यु


रामेछाप बजारबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

शुक्रबार करीब पौने १० बजेतिर रामेछाप बजारबाट आउँदै गरेको बा २ ख ६३७५ नम्बरको बस मन्थली बजार नआइपुग्दै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घटनाको विस्तृत विवरण आइसकेको छैन। घाइतेको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.