५० हजार अमेरिकी डलरसहित चिनिया महिला रसुवाबाट पक्राउ


५० हजार अमेरिकी डलरसहित रसुवा प्रहरीले एक जना चिनियाँ महिलालाई पक्राउ गरेको छ।

काठमाडौंबाट केरुङ्ग जान लागेकी ४७ वर्षीया लि ल्वागको साथबाट ५० हजार अमेरिकी डलर बरामद भएको हो ।

उनले झोलामा लुकाइ लैजान लागेको सयका दरको ५ सय ३५ थान नोट र ५० को १ सय ३० थान डलर रसुवागढी नाकाबाट प्रहरीले बरामद गरेको रसुवाका डिएसपी सरद थापाले जानकारी दिए।

उनलाई भोलि राजस्व अनुसन्धान विभागमा बुझाउने रसुवा प्रहरीको तयारी छ। पछिल्लो समय केरुङ्ग भएर आउजाउ गर्ने चिनिया नागरिक माथि प्रहरीले निगरानी बढाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.