जवरजस्ती करणी गरेको भनि झुट्टा जाहेरी दरखास्त दिने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त दिने धादिङ्ग छत्रेदेउराली १ घर भइ काठमाडौं तारकेश्वर बस्ने २६ वर्षकी शारदा क्षेत्रीलाई पक्राउ गरिएको एसएसपी रबिन्द्र धानुकले बताए।
उनले दिएको जाहेरी दरखास्त सम्बन्धमा अनुसन्धानका क्रममा शारदा क्षेत्रीले आफुले चिन्दै नचिनेको ब्यक्तिलाई अर्का ब्यक्तिको रिसइबीका कारण आर्थिक लोभमा झुटो जोहरी दिएको उनले बताए।
उनलाई पक्राउ गरी केही सार्बजनिक अपराध तथा सजाय ऐन मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखिएको छ ।
क्षेत्रीलाई झुटा र हुदैँ नभएको कुरा उल्लेख गरी जाहेरी दरखास्त दिन लगाउने अन्य ब्यक्तिहरुको खोज भइरहेको प्रहरीले जनाएको छ ।