ग्राण्डी अस्पतालमा मुटु परीक्षण गर्न विशेष छुट प्याकेज


 

दशैं तथा विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मुटु परीक्षण विशेष प्याकेज अफर ल्याएको छ।

कार्डियाक स्पेशल प्याकेज नाम सहित अघि सारिएको अफर अन्तर्गत २ हजार ९ सय ९९ रूपैयाँमा मुटु परीक्षण गराउन सकिने ब्यवस्था मिलाएको छ।

प्याकेज अफरमा डाक्टरसँगको कन्शल्टेसन, सिबिसी, ग्लुकोज फास्टिङ, क्रियाटिनिन, लिपिड प्रोफाइल, टिएसएच, एसजिओटी, एसजिपिटी, के –प्लस, एन ए प्लस, युरिन रुटिन, इसिजी, एको र चेष्ट एङ्क्स रे समाबेश गरिएको अस्पतालले जनाएको छ।

मुटुरोग बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यप्रति जागरुक बनाउन र रोगहरुको समयमै निदान गरी भविष्यमा आउनसक्ने जटिल अवस्थाबाट बचाउन प्याकेज अघि सारिएको अस्पतालले जनाएको छ।

जनस्वास्थ्यप्रतिको राष्ट्रिय उत्तरदायित्व बोधगरी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अघि सारेको यो प्याकेज आज असोज २ गते देखि १० गतेसम्म रहने छ।

थप जानकारी र नाम बुकिङका लागिः

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१- ५१५९२६६ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.