बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर


दाङका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएको नेत्र सहायक रोहित कडायतले जानकारी दिए । उनीहरूको निःशुल्क आँखाको शल्यक्रिया गरिने नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवी रिजालले जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.