हलेसी तुवाचुङ नपाको बजेट ४१ करोड


हलेसी तुवाचुङ नगरपालिकाले  ४१ करोड रुपैयाँभन्दा बढीको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

होटल हलेसी भिलेजमा शनिबार आयोजित प्रथम नगरसभाले  ४१ करोड २९ लाख ४८ हजार १ सय १० रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थान रहेको नगरपालिकाका प्रमुख इवन राईले पेश गरेका अनुदानतर्फ  २३ करोड ३५ लाख ३९ हजार रुपैयाँ र नेपाल सरकारको सशर्त अनुदानतर्फ  १५ करोड ३६ लाख ४० हजार रुपैयाँ बजेट नगरसभाले पारित गरेको कार्यकारी अधिकृत अनिल किरातीले जानकारी दिए ।

अनुदानतर्फको ७५ प्रतिशत रकम अर्थात  १७ करोड ५१ लाख ५४ हजार २ सय ५० रुपैयाँ  पूँजीगततर्फ तथा निशर्ततर्फको २५ प्रतिशत अर्थात  पाँच करोड ८३ लाख ८४ हजार ७ सय ५० रुपैयाँ बजेट चालू आवका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

बजेटमध्ये शिक्षा शाखाका लागि  १३ करोड ६३ लाख दुई हजार रुपैयाँ, जनस्वास्थ्य सेवा शाखाका लागि  एक करोड २४ लाख ५ हजार रुपैयाँ, आयुर्वेद स्वास्थ्य शाखाका लागि  १८ लाख ५४ हजार रुपैयाँ, कृषि विभागतर्फ  १६ लाख रुपैयाँ र पशुसेवा विभागतर्फ  १४ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.