सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए


काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।

दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहिबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिए।

मृतकका भतिज दावा तामाङ सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही नदेखिएकाले खोलाले बगाएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतकको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल, त्रिशूली ल्याइएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.