७ वर्षपछि समातिए गोली हानी हत्या गर्ने पण्डित


७ वर्षअघि बृद्धाको गोली हानी फरार भएका एक जनालाई मकवानपुर प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ।

नामटार ६ का कुमार भन्ने सागर पण्डितलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको एसपी विकाश खनालले जानकारी दिए।

उनले २०६७ सालमा हाँडीखोला बस्ने ६२ वर्षक ठुलीमाया थिङको गोली हानी हत्या गरेका थिए।

काठमाडौं प्रहरीको सहायतमा उनलाई पक्राउ गरिएको एसपी खनालले बताए। उनको साथबाट प्रहरीले कटुवा पेस्तोल, भरुवा बन्दुक, गोली र छर्रा बरामद गरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.