ललितपुरबाट आर्मीको नक्कली लप्टन पक्राउ


आर्मीको लप्टन हुँ भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ललितपुर प्रहरीले ललितपुर २६ का ४० वर्षीय राजकुमार थापालाई पक्राउ गरेको हो । उनले आर्मीको लप्टन हुँ भन्दै लगनखेल लगायतका पसल र ब्यापारीसँग रकम उठाएका थिए भने कतिपयलाई जागिर खुवाइदिने भन्दै रकम असुलेका थिए।

अहिलेसम्म उनले १ लाख २७ हजारभन्दा बढी रकम ठगी गरिसकेको डिएसपी नरेन्द्र चन्दले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.