नवगठित समाजद्वारा अस्पताललाई सहयोग


नवगठित भोजपुर हातेमालो समाज युएईले भोजपुरको अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

भोजपुरबाट वैदेशिक रोजगारीका लागि युएई गएका युवाको सक्रियतामा गठित समाजले जिल्ला अस्पताललाई सहयोगार्थ ह्विलचियर खरीदका लागि एक लाख रुपैयाँ दिने भएका हुन् ।

जिल्लामा आइपर्ने प्राकृतिक तथा दैवी विपत्ति र जिल्लाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले समिति गठन गरेको संयोजक ज्ञानेन्द्र राईले बताए ।

शुक्रबार समाजकोे एक कार्यक्रमबीच युएईमा औपचारिक रुपमा उद्घाटन गरिएको थियो । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.