नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर, दुई घाइते


नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट सवार गाडीले बानेश्वरमा मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन्।

प्रहरीका अनुसार राज्यमन्त्री विष्ट सवार बा १ झ ७१६३ गाडीले बा ४८ प ९२५० को मोटरसाइकललाई ठक्कर दिएको हो ।

घाइते हुनेमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र अन्जु श्रेष्ठ रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको बानेश्वरकै एभरेष्ट अस्पतालमा उपचार भैरहेको स्रोतले जानकारी दिएको  छ।

घटनापछि केही समय बानेश्वरको सडक अवरुद्ध भएको थियो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.