भारतका विभिन्न स्थानमा अलपत्र परेका चार नेपाली बालबालिकालाई उद्धार गरी बिहिबार नेपालगञ्ज ल्याइएको छ ।
भारतस्थित नेपाली दूतावास र विभिन्न संघ संस्थाको सहयोगमा उनीहरूलाई दिल्ली, उडिसा, चण्डिगढलगायत स्थानबाट उद्धार गरिएको हो ।
माइती नेपालको अगुवाइमा सर्लाही जिल्लाका १३ वर्षीय अमिर तामाङ, १४ वर्षीय सुरेश रम्तेल, रोल्पाका १४ वर्षीय ऐते विक र १२ वर्षीय हेमन्त विकलाई भारतबाट उद्धार गरी नेपालगञ्ज ल्याइएको हो ।
उद्धार गरिएका बालबालिका मजदूरीका लागि भारत जाने गरेका स्थानीयहरुको लहलहैमा त्यहाँ पुगेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए । रासस