राप्ती आँखा अस्पतालमा पाँच करोड रुपैयाँको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ्ग भवन निर्माण हुने भएको छ । सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले आज दाङमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा समाजसेवी प्रकाश आचार्यले सो भवनका लागि पाँच लाख रुपैयाँ सहयोग गरे ।
त्यस्तै, सांसद वुद्धिराम भण्डारीले सांसद विकास कोषबाट २० लाख रुपैयाँ सहयोग उपलल्ध गराएका छन् भने बाँकी रकम अन्य दातृ निकायबाट सहयोग र अस्पतालको कोषबाट व्यहोरिने छ । रासस