क्यानका पूर्वअध्यक्ष शाहको निधन


 ४ दशकसम्म नेपाली क्रिकेट हाकेका जयकुमारनाथ शाहको बुधबार बिहान निधन भएको छ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष शाहको ८९ वर्षको उमेरमा निधन भएको हो।

नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनी लामो समयदेखि मुटुरोगबाट पीडित थिए। २०२२ सालमा अध्यक्ष चुनिएपछि शाहले लगातार ४० वर्ष क्यानको नेतृत्व गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.