तीन महिना पहिले आमा र एक हप्ता पहिले बुबाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरूका काका लीलबहादुर पुनलाई जिम्मा लगाइएको छ ।
सूर्योदय महिला बचत तथा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेभ हाउसमा झण्डै ३० घण्टा स्याहारसुसार गरिराखिएका ती बालबालिकालाई विभिन्न व्यक्तिको रोहबरमा जिम्मा लगाइएको हो । बालबालिका सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको जर्रे खोलामा बेवारिसे अवस्थामा भेटिएका थिए । रासस