कमल खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका शिवसताक्षी ३ का ७१ वर्षीय वृद्धको शव सोमबार बिहान फेला परेको छ।
ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक डम्बर आचार्यका अनुसार स्थानीय हस्तबहादुर सुव्वाको शव ३ किलोमिटर तलको दुरीमा रहेको सोहि खोलाको किनारमा फेला परेको हो। सुव्बालाई कमल खोलामा आएको बाढीले ३ दिन अघि बगाएको थियो।
शनिबार साँझ ५ वजे कमल खोलाको बगरमा पगा लगाईएका हल राँगा सारेर सुव्बा कमल गाउँपालिकाको सुन्धारामा चिया पिएर फर्कने क्रममा बाढीले बगाएको स्थानिय दुर्गा नेम्वाङ्गले बताए।