मोरङको पथरीशनिश्चरे वडा नं. १ र १० को सीमानमा पर्ने मंगलबारे डाँडामा अजिङ्गर फेला परेको छ । बिहान करिब ८ बजे बाँसको घाँस काट्न जाने क्रममा स्थानीयले देखेका थिए।
खोलाको डिलमा बाँसको घाँस काट्दा सँगै रहेको सिसौको रूखमा उक्त अंजिङ्गर देखिएको थियो। गाउँमा एक्कासी अजिङ्गर देखेपछि स्थानीय त्रसित भएका थिए। गाउँ छेउमै जंगल भएको र बाढीले आहारको खोजिमा खरायो कुखुरा खान आएको हुनसक्ने स्थानीय पत्रकार विवेक रेग्मीले बताए।
उक्त खोलाको डिलमा घारी भएको र खरायो पाईने भएकाले अजिङ्गर आएको हुनसक्ने उनको अनुमान छ। साढे चार फिट लामो करिब २०/ २२ केजिको अंजिङ्गरलाई स्थानीय र सेक्टर बन कार्यलय मंगलबारेको सर्प रक्षक प्रेम बिष्टले रूखबाट झारेर संरक्षणको लागि सेक्टर बन कार्यालय मंगलबारेमा राखिएको छ।