विवेचना दैनिकले आफ्नो २५ औ वार्षिक उत्सव मनाएको छ। रजत जयन्ती पार गरेको अवसरमा पत्रिकाले केही कर्मचारीलाई सम्मान पनि गरेको छ। कार्यक्रममा ईलाम संवाददाता कोकिला ढकाललाई विवेचना अवार्ड २०७४बाट सम्बानित गर्यो। उनले नगद ३ हजार ३ सय ३३ रुपैयाँसहित दोसल्ला, गौतम वुद्धको तस्विर अंकित अवार्ड र प्रसंसा पत्र पाईन्। अर्पणा सुवेदी र कुसल नेपाललाई पनि पत्रिकाले नगदसहित सम्मान गर्यो।
उनीहरूलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु , झापाका प्रहरी प्रमुख विष्णुपाल केसी , विवेचना दैनिकका कार्यकारी सम्पादक विनोद सापकोटा लगायतले पुरस्कृत गरेका थिए ।
यस्तै सो कार्यक्रममा शिक्षा तर्फ जुडो शिक्षा विद्यालयका अभियन्ता गंगाबहादुर खड्का, स्वास्थ्य विधामा आयुर्वेद पद्धतिबाट हाडजोर्नी उपचारमा अब्बल निताई सिंह राजवंशी, नारी विधामा सितोरियो कराँतेकी स्वर्ण विजेता एस्तर राई, अर्थ बजार विधामा एक्सेल डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष चेतराज भट्टराई, सूचना प्रविधि (आईटी) तर्फ गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक गणेश खनाल, कला विधामा दृष्टिविहीन गायिका मेनुका पौडेल र साहित्य विधातर्फ कवि विष्णुप्रसाद न्यौपाने पनि सम्मानित भएका छन । यस्तै विवेचना दैनिकका तत्कालीन अध्यक्ष दुर्गाप्रसाद उप्रेतीलाई पनि विवेचनाले सम्मान गरेको थियो ।
कार्यक्रममा पत्रिकाका अध्यक्ष तेजमणी प्रसाई, प्रवन्धक निर्देशक नविन खरेल , प्रवन्धक एकराज प्रधान, सम्पादक हिमाल खरेलले ले विगतको समिक्षा र आगामि वर्षको योजनाका वारेमा जानकारी गराएका थिए । पत्रिकाका समचार सम्पादक रमेश समदर्र्शी राईले सहजिकरण गरेको कार्यक्रममा पुर्वेलि चर्चित गायक राजु सिग्देल, भूपू पाण्डे, कमल रसाइली, विशाल घिमिरे र जुनु प्रसाईंले सांगीतिक प्रस्तुति गरेका थिए ।