जापानी समाजसेवी डा नोबोरु इवामुराका स्मृतिमा सल्लाघारीमा स्थापित डा इवामुरा मेमोरियल अस्पताल एण्ड रिसर्च सेण्टरका अध्यक्षमा महेश धौबञ्जार चयन भएका छन्।
अस्पतालको २० अौँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि पाँच सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको हो । समितिका सदस्यमा राजुमृगेन्द्र जोशी, शैलेन्द्र बुढाथोकी, हरिबहादुर बस्नेत र प्रा डा उत्तमकृष्ण कर्माचार्य रहेका छन् ।
भक्तपुरमा निजी क्षेत्रबाट सञ्चालित सामुदायिकस्तरको सो अस्पतालमा सबै किसिमका उपचार सेवासहित ५१ शैय्या सञ्चालनमा छ । रासस