खोलाले बगाएर एकको मृत्यु


बिरिङ खोलाले बगाएर अर्जुनधारा नगरपालिका–५ पाण्डवपुर निवासी ४७ वर्षीय गोपाल भनिने मिलन लोहारको आज मृत्यु भएको छ ।

उनलाई शनिबार साँझ बिरिङ खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव आज बिहान बिरिङ र टाङ्टिङ खोलाको दोभानमा फेला परेको शनिश्चरे प्रहरी प्रमुख अम्मर लावतीले जानकारी दिए ।  रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.