सार्वजनिक यातायात साधनका रूपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई नेपालगञ्जमा सञ्चालन गर्न रोक लगाइएको छ ।
निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५ सय अटोरिक्सालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रिक्सा धनीलाई एक हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने शर्तमा रिक्सा बुझाइएको बताए । रासस