अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका–९ स्थित महभिरमा करीब एकसय मिटर सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
सडक भासिएकाले शनिबार बिहानदेखि काठमाडौं–बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकोमा समान्य मर्मत गरी अपराह्नदेखि एकतर्फी रूपमा यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिए ।
सो क्षेत्रमा वर्षा हुने क्रम नरोकिएकाले भासिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दो रुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान चाड बडादशैंमा घर फर्कनेलाई असर पुग्न सक्ने स्थानीयवासीले आशंका व्यक्त गरेका छन् । रासस