बुढेसकालको खतरनाक रोग अल्जाइमरबाट कसरी जोगिने?


अल्जाइमर भनेको उमेर पुग्दै गएपछि बुढेउलीमा लाग्ने एउटा रोग हो। एल्वाइ अल्जाइमर भन्ने बिशेषज्ञ चिकित्सकले दिनुभएको शब्द हो ‘अल्जाइमर’। यसलाई अल्जाइमर  डिमेन्सीया पनि भनिन्छ। बिभिन्न खाले डिमेन्सीय रोग मध्ये अल्जाइमर पनि एक हो।

यो मस्तिष्कमा लाग्ने एउटा रोग हो जसले गर्दा उच्च स्तरीय मानसिक क्षमतामा क्षय भएर व्यक्तीको स्मरण शक्ति, चिन्तन मनन् गर्ने क्षमता हराउदै जान्छ।

वरीपरी भइरहेका गतिबिधिहरुको जागरुकता, चिन्तन, मनन्, हिसाब किताब, नयाँ कुरा सिक्ने क्षमता, बादबिबाद तथा स्वविवेकको र आत्म उत्साहमा पनि ह्रास आउदै जान्छ।

रोग लाग्नका कारणहरु

यो रोगको मुख्य कारण उमेर नै हो। उमेर बढ्दै गएपछि लाग्ने एक किसिमको जटिल मानसिक रोग हो। यो रोग ६५ बर्षको उमेर भन्दा माथीको जनसंख्यामा पाच प्रतिसतलाई लाग्ने संभावना हुन्छ। ८५ बर्ष उमेर कटिसकेको अवस्थामा २० देखि ४० प्रतिशतलाई यो रोग लाग्ने संभावना हुन्छ। उमेर बढ्दै गएपछि केही व्यक्तीको मस्तिष्कमा नचाहिने प्रोटीनको मात्रा बढ्दै जान्छ।  जसले गर्दा मस्तिष्कमा पोका जम्न थाल्छ। विस्तारै–विस्तारै यसले दिमागमा असर गर्दै जान्छ। पछि दिमाग खुम्चीएर सानो हुन्छ।

अनियन्त्रीत मधुमेह, उच्च कोलस्ट्रोल, उच्च रक्तचाप भएका  बिरामीमा यो रोग लाग्ने संभावना बढी हुन्छ। बंशानुगत कारणले पनि यो रोग लाग्छ।

लक्षणहरु

  • यो रोगको लक्षण बिरामी आफैलाई थाहा हुदैन र यसबारे चेतना पनि हुदैन
  • घर परिवारका मान्छेले थाहाँ पाउछन्। सबैभन्दा पहिलो संकेत बिर्सिने लक्षणबाट सुरु हुन्छ। भर्खरै भएका घट्नाहरु पनि बिरामीले बिर्सिन्छ।
  • आज बिहान मैले के गरे ?मैले खाना खाएकी खाइन?मैले यो सामान कहा राखे? जस्ता घटनाक्रमबारे बिरामीलाई जानकारी हुदैन।
  • पुरानो घटनाको स्मरण भने हुन्छ। तर भर्खरैको घटना भने बिरामीले बिर्सन्छ। बिरामीको यो लक्षण घरपरिवार र नजिकको मान्छेले थाहा पाउछ।

मुख्य लक्षणहरु

  • स्मरण शक्तिको कमजोरीले गर्दा सारै भुलक्कड हुने।
  • दैनिक जिबनयापनमा कठिनाइ हुने
  • दैनिक जिबन यापन गर्नलाई हामीले जे–जे कुरा सम्झिनुपर्छ त्यो हुदैन।
  • खासगरी भर्खरैको घटना र व्यक्तीका नामहरु त सम्झिनै सक्दैन।
  • तर्क गर्ने क्षमता हराउन थाल्छ।
  • सामान्य समस्याहरु पनि समाधान गर्न सक्दैन।
  • सधै गरिरहेको घरयासी र व्यवसायिक काम गर्न पनि असमर्थ हुन्छ।
  • समय तथा स्थानको ज्ञान हराउछ।
  • आखाले देखेका कुराहारु पनि बिरामीले चिन्न छोड्छ।
  • जस्तै कलम देखायो भने पनि चिन्न सक्दैन। कुराकानी गर्दा खेरी जे शब्द सोचेको हुन्छ त्यो शव्द यसले चाहेको बेलामा भेटदैन।
  • स्वबिभेक शक्ति क्षीण हुन्छ। कस्तो अवस्थामा के गर्ने कस्तो अवस्थामा के नगर्ने सबै थाहा पाउने शक्ति कमजोर भएर जान्छ।
  • व्यक्तीको मनमा,व्यक्तीत्वमा परिवर्तन आउदै जान्छ।

 

उपचार

यो रोग लागेपछि क्रमिक रुपले बढ्दै जान्छ। यो रोगलाई पुर्ण रुपमा निर्मुल पार्न सकिदैन। बिरामीलाई पुरानो अवस्थामा फर्काउन सकिदैन। तर रोग लाग्ने गतिलाई केही कम गर्न सकिन्छ।  यो रोग लागेपछि औषतमा ८ देखि १० बर्षसम्म मान्छे बाच्न सक्छ।

यसको उपचार गर्दा दुई कुरामा सबैभन्दा बढी ध्यान दिनुपर्छ । औषधीले रोगको विकास हुने गतिलाई कम गर्न सक्छ तर पुरै निर्मुल पार्न सक्दैन।

औषधी बाहेक मानसिक–सामाजिक उपचार ठुलो कुरा हो। भावनात्मक रुपले बिरामीको हेरचाह गर्नुपर्छ।

यो रोग लागेपछि बिरामीमा चेतना  हुदैन। त्यसैले बिरामीलाई मलाई यो रोग लागेको छ भन्ने थाहा पनि हुदैन। यसले गर्दा घरको बाटो पनि बिर्सिने हुन्छ। घर भित्रै पनि कुन कोठा कहाँ छ बिरामीलाई थाहा हुदैन। बिरामीलाई चौबीसै घण्टा सेवा दिनुपर्छ। भावनात्मक रुपले बिरामीको हेरचाह गर्नुपर्छ। बिरामीलाई सम्झिने खालका संकेतहरु कोठमा राख्नुपर्छ।

बिरामीका लागि यस्ता संकेतहरु घरमा राख्नुपर्छ

  • शौचालयको बाटो यता छ भन्ने संकेत देखाउने
  • कोठा यता छ
  • अहिले खाजा खाने समय हो्
  • खानाको समय यो हो
  • आज यो महिना हो
  • यती गते हो

यस्तो जानकारी बिरामीलाई दिनुपर्छ। बिरामीलाई हेरचाहको साथै सुरक्षा चाहिन्छ। बिरामीको होस यती धेरै गएको हुन्छकी बिरामीले तातो चिसो पनि थाहा पाउदैन। उसको शरीर पोल्छ तर उसले थाहा पाउदैन। तर दिमागले तातो चिसो थाहा पाउदैन। खाना खाएको नखाएको थाहा पाउदैन। दात माझ्न बिर्सन्छ। नुहाउन बिर्सिन्छ। कसरी साबुन लगाउने भन्ने नै थाहा पाउदैन। सधै लगाएको लुगा लगाउन बिर्सिन्छ। कसरी लगाउने थाहा हुदैन। बिरामी एकदमै परनिर्भर हुन्छ। बिरामीलाई भावनात्मक रुपले उपचार गर्नुपर्छ। दुर्घट्नबाट बचाउन सक्नुपर्छ।

रोगबाट जोगीन के गर्ने ?

यो रोगबाट जोगिने केही उपायहरु छन्।

  • यदी मधुमेह छ भने त्यसलाई नियन्त्रण गर्ने।
  • उच्च रक्तचापलाई नियन्त्रण गर्ने।
  • कोलस्ट्रोलको मात्रा नियन्त्रण गर्ने।
  • नियमित व्यायम गर्ने।
  • दिमागलाई सक्रिय राख्ने काम गर्नुपर्छ। जस्तै चेस खेल्ने
  • बिभिन्न भाषाहरु सिक्ने छ भने यो रोगको संभावना कम हुन्छ।

मस्तिष्क जती धेरै सक्रिय भयो यो रोग लाग्ने संभावना त्यती कम हुन्छ। मस्तिष्कलाई सक्रिय बनाउनुपर्छ।  अध्ययनको बानी बसाल्नुपर्छ। युवा अवस्थामा यस्ता काम गरियो भने यो रोगको सम्भावना केही हदसम्म कम हुन्छ। मस्तिष्कलाई सक्रिय नराख्नेलाई भन्दा राख्नेहरुलाई यो रोग कम लागेको बिभिन्न अनुसन्धानले देखाएको छ।

प्रस्तुतिः सन्जिब बगाले

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.