माइक्रो बसको ठक्करबाट एकको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रो बसले ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने माइक्रोको तोडफोड गर्दै अहिले पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अवरुद्ध पारेका छन् ।

बाटो खुलाउन इलाका प्रहरी कार्यालय कडरबोनाको टोली त्यहाँ पुगेको जिप्रकाले जनाएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.