मोरङको धनपाल थान गाउँपालिका ४ कर्सिया चोकमा अवैध रूपमा क्लिनिक सञ्चालन गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।
धनपालथान गाउँपालिका २ घर भएका वेचु ऋषिदेवकि ४५ वर्षिकी श्रीमती लजिया देवि ऋषिदेव साउन ३० गते गरेको पायल्सको अप्रेशन गलत तरिकाले गरेको भन्दै प्रहरीमा निज डाक्टरविरूद्ध उजुरी दिएपछि उनी नक्कली भएको थाहा भएको छ।
बिरामीलाई थप उपचारको लागि विराटनगरस्थित सप्तकोसी नर्सिङ होम लगिएको छ।
पीडित पक्षले ईलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि नक्कली डाक्टर रहेको खुलासा भएको हो।
भारत पश्चिम बंगाल घर भएका डाक्टर एस.के मल्लिक नाम गरेका उनले चाँदसी क्लिनिकको नाम राखेर बिगत सात महिनादेखि सञ्चालन गर्दे आईरहेका थिए।
अनुमतिपत्र समेत नलिएका मल्लिकलाई ठगी मुद्दा अन्तर्गत कारबाही अगाडि बढाएको ईलाका प्रहरी कार्यालय रंगेलीका सन्जिव बाबू खड्काले जानकारी दिए।