बाढीका कारण डुबानमा परेका सप्तरीको तिरहुत गाउँपालिकास्थित भेडिया र मैनाकडेरीका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
बाढीबाट अति प्रभावित मैनाकडेरी र भेडियाका एक सय २५ परिवारलाई कारितास नेपालको सहयोगमा जिल्लास्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले राहतस्वरुप पाल, पोषणयुक्त खानेकुरा र सरसफाइ तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
यस्तै, बाढी प्रभावित उक्त बस्तीका १५ जना सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले बताए ।
त्यसैगरी, बाढी प्रभावित सोही बस्तीका एकसय बालबालिकालाई स्कुल ब्याग एक थान, कापी एक दर्जन, पेन्सील, कटर, एलेजर र कलम १० थानका दरले वितरण गरिएको थियो । रासस