पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालिम दिन थालिएको छ ।
बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौंबाट आएकी मनोपरामर्शदाता कञ्चन रावतले यस क्षेत्रका पीडित माझमा मनोरञ्जनात्मक रूपले पीडा भुलाउने अभ्यास गराइरहेकी हुन् ।
उनले क्विक भोलेन्टियर्सका युवा एवं अन्य समुदायको सहयोगमा मनोपरामर्श र योग अभ्यासका साथै दैवी प्रकोप हुँदा व्यहोनुपर्ने कहाली लाग्दो अवस्था एवं त्यसले मानवीय जीवनमा पार्ने कष्टकर अवस्थालाई कसरी भुल्ने भन्ने विषयमा अभ्यस्त हुन सिकाउँदै आएकी छन् ।
मनोपरामर्शदाता कञ्चन रावतले अझै एक हप्ताभन्दा बढी समय बाढी प्रभावित क्षेत्रमा रहेर त्यस प्रकारको प्रशिक्षण दिने पनि जानकारी दिएकी छन् । रासस