फेसबुकका संस्थापक मार्क जुकरवर्ग दोस्रो पटक बाबु बनेका छन्।
जुकरवर्ग र उनकी श्रीमती प्रिसिला च्यानले फेसबुक पोस्ट मार्फत् यसबारे जानकारी दिएका हुन्। उनीहरु दोस्रोपटक छोरीकै आमाबाबु बनेका हुन्। उनीहरुले छोरीको नाम ‘अगस्ट’ राखेको बताएका छन्।
जुकरवर्गले छोरी अगस्टका लागि एक पत्रसहित फेसबुकमा आफ्नी जेठी छोरी म्याक्सिमसँगै सानी छोरीको फोटो सेयर गरेका छन्।उनले लेखेका छन्, ‘प्रिसिला र म हाम्री सानी छोरी अगस्टलाई स्वागत गर्न पाउँदा धेरै खुसी छौं। हामीले ऊ हुर्कने संसारबारे एक पत्र लेखेका छौं। हामी यो पनि आशा गर्छौं कि ऊ यति चाँडै भने ठूली हुन्न।’
मार्ककी पहिलो सन्तान म्याक्स सन् २०१५ डिसेम्बरमा जन्मिएकी हुन्। मार्क दम्पतीले म्याक्सका लागि पनि पत्र लेखेका थिए।
अगस्टका निम्ति मार्कले फेसबुकमा लेखेको पत्र यस्तो छः