शरणार्थीबाट बाढीपीडितलाई राहत


भुटानी शरणार्थीले झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् ।

शरणार्थीले आफूहरूलाई संस्थाले खान दिएको चामल घरघरबाट मुठीमुठी संकलन गरेर एक हजार ८७० केजी चामल बाँडेका हुन् । ती राहत खाद्य सामग्री शनिबार पीडितलाई हस्तान्तरण गरिएको बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीले बताए । दमकको बेलडाँगी र मोरङको पथरी शिविरका शरणार्थीले संयुक्त रूपमा ती खाद्य सामग्री जुटाएका हुन् । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.